नेकपा एमालेको तर्फबाट बकैया गाउँपालिकाकी अध्यक्षको उम्मेद्वार सरला बोलखेले बकैया गाउँपालिकाको विकासको लागि नेकपा एमाले विजयी हुनुपर्ने बताएकी छिन् । चुनावी कार्यक्रममा बोल्दै बोलखेले समृद्ध बकैया बनाउने योजना एमालेसँग मात्र रहेको भन्दै आउँदो बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउनको लागि अनुरोध गरेकि छिन् । उनले समृद्ध बकैयाको निर्माण नेकपा एमालेको कार्यक्रमबाट मात्र संभव भएको उल्लेख गरिन् ।

नेकपा एमाले विजयी भएको वडाहरुमा आएको विकासको लहरबाट पनि एमालेले जनताको माग बमोजिम काम गर्छ भन्ने प्रमाणित भएको भन्दै अध्यक्षकी उम्मेद्वार बोलखेले ३० गते हुने निर्वाचनमा निर्धक्क भएर एमालेको चुनाव चिन्ह ‘सुर्य’मा मतदान गर्नको लागि आम बकैयाका नागरिकलाई अनुरोध गरेकि छिन् ।