Coronavirus COVID-19

रेडियो सञ्चालक समुहद्धारा हेटौडा र थाहालाई ध्यानाकर्षण

[Ads]

मकवानपुर रेडियो सञ्चालक समुहले हेटौडा उपमहानगरपालिका तथा थाहा नगरपालिकलाई कोभिड १९ ले पछिल्लो समय मकवानपुरमा रहेका रेडियोहरुमा पारेका समस्याको बारेमा ध्यानाकर्षण गराएका छन् ।

हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टलाई भेट गरी मकवानपुरका रेडियोहरुले पछिल्लो समय भोगेका समस्याका बारेमा अबगत गराएको समुहका  उपाध्यक्ष अनिलकुमार खातिले बताउनु भयो ।

उहाले कोभिड १९को मारमा परेका रेडियोहरुका लागि राहत पुग्ने गरी कार्यक्रम ल्याउन पनि आग्रहसहित ध्यानाकर्षण गराएको बताउनु भयो । भेटमा दुबै स्थानिय सरकारका प्रमुखहरुले मिडिया बचाउन हरसम्भव प्रयास गर्ने बताउदै सबैलाई यो सङ्कट बिरुद्ध लड्न आग्रह गर्नु भएको पनि सचिव एमपि शर्माले जानकारी दिनुभयो । 

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...