Comments Add Comment

भाैतिक संरचना मात्र गुणस्तरिय शिक्षाकाे सूचक होईन- टिका दाहाल

तस्वीर : सुनिल गौतम

श्री बालव्याेति प्राथमिक विद्यालय मकवानपुरगढी ६ काे १६ औं अभिभावक भेला तथा भवन उद्घाटन कार्यक्रम आज सम्पन्न भएकाे छ । मकवानपुर गढी पालिकाकाका सामाजिक विकास संयाेजक एवम् वडा नं ५ का वडाअध्यक्ष जितबहादुर घिमिरेकाे प्रमुख अतिथ्यता रहेकाे भेलामा वडा नं ६ का अध्यक्ष टीका प्रसाद दाहालकाे विशिष्ठ आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

मकवानपुर गढी गाउँपालिकाका नवनियुक्त स्राेत शिक्षक ईन्द्रबहादुर कार्कीकाे विशेष आतिथ्यता रहेकाे भेला विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजन न्याैपानेकाे अध्यक्षतामा भएकाे हाे । भेलामा विद्यालयका प्रधनाध्यापक ‌‍ओमनाथ घिमिरेले आर्थिक वर्ष ०७५/०७६ काे ५५ लाख ८ हजार २ सय ३ रुपैया बरावरकाे आय ब्यय विवरण र आगामी वर्षकाे याेजना प्रस्तुत गर्नुभएकाे थियाे ।

भेलामा बाेल्दै प्रमूख अतिथी जितबहादुर घिमिरेले अहिले पालिकाभर नै जनसंख्या बृद्धिदर कम हुँदै गएकाेले संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जाेड दिनुपर्नेमा जाेड दिनुभयाे । यता विशिष्ट अतिथी टिकाप्रसाद दाहालले भने भाैतिक संरचना मात्र गुणस्तरिय शिक्षाकाे सूचक नभएकाेले शैक्षिक भाैतिक तथा मनाेसामाजिक सबै पक्षमा अबका विद्यालयहरुले आफूलाई अपेक्षाकृत परिवर्तन गर्नुपर्ने बताउनुभयाे ।

अर्का विशेष अतिथी ईन्द्रबहादुर कार्कीले भने पालिकाभरमा रहेका शैक्षिक समस्यालाई कम गर्न र शिक्षाकाे समन्वयात्मक ढङ्गले विकास गर्न आफू लागिपर्ने बताउदै त्यसतर्फ सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयाे ।

भेलामा तत्कालिन गाविस अध्यक्ष कृष्ण बहादुर थिङ, शारदा मा वि का प्रधानाध्यापक तीर्थ खड्का, ईश्वरी प्राविका प्रअ एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुर का प्रचार विभाग प्रमुख सुनिल गाैतम, आधारभुत प्रावि का प्रअ एवम् शिक्षक संघ मकवानपुरगढीका अध्यक्ष प्रल्हाद घिमिरे, लागायतकाकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू