मकवानपुरको ऐतिहासिक मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्रको गठबन्धनका उम्मेदवार बिजयी भएका छन । मंगलबार सम्पन्न मत गणना अनुसार नेपाली कांग्रेसको तर्फबाट गठबन्धनको उमेदवार बनेका दोर्जे लामा स्याङतान गाँउपालीकाको अध्यक्षमा बिजयी भएका छन भने उपाध्यक्षमा पनि गठबन्धनबाट माओबादी केन्द्रका उम्मेदवार मानकुमारी पाख्रीन (नेपाली) बिजयी भएका छन् ।

No description available.

गाउँपालिकाको अन्तिम मत परिणाम अनुसार स्याङ्तानले ६७०६ मत ल्याई गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएको हो भने उनका निकट्तम प्रतिद्धन्द्धी नेकपा एमालेका उमेदवार बिदुर हुमगाईले ५६४५ मत ल्याएका थिए ।स्याङतानले एक हजार ६१ मतको अन्तरले विजयी भएको हो । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा पाख्रिनले निकटतम प्रतिद्धन्दी नकपा एमालेका उम्मेदवार सन्तु थिङलाई ९०६ मत अन्तरले पारजित गर्दै उपाध्यक्ष पदमा विजयी भएकी छन् । पाख्रिनले ६११० मत प्राप्त गरेकी थिईन् भने थिङले ५२०४ मत प्राप्त गरेकी थिईन् ।