Comments Add Comment

तपाईंको सहयोगले सहकारीको तला थपियोः थ्यांक यु ईन्द्र बानियाँ

मेरो नाम विष्णुप्रसाद अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर १ स्थित शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँ ।  सहकारीको बारेमा कुरा गर्नुपर्दा त्यसको भौतिक संरचना कमजोर थियो । सायद २०७३÷७४ हुनुपर्छ हाम्रो सहकारीको साधारणसभामा माननीय ईन्द्रबहादुर बानियाँज्यूलाई प्रमुख अतिथिको रुपमा बोलाका थियौं ।

उहाँलाई हामीले सहकारीको समस्या बारे अवगत गरायौं । हाम्रो संस्थाको ग्राउन्ड, कोठा र सभाहल सानो भएर ठाउँ साँघुरो रहेको कुरा दर्शाएपछि उहाँले सहकारीको माथिल्लो तल्ला थपिदिने वाचा गर्नुभयो । बोलेअनुसार ३ वर्षभित्रै उहाँले सांसद विकास कोषबाट १० लाख हालिदिनुभयो । त्यस रकमले तला थपिएको छ । यसलाई फिनिसिङको काम अघि बढाउने तयारीमा छौं । त्यसपछि हामीले कम्प्युटर राखेर सम्पूर्ण सेयर सदस्यहरुलाई परदर्शी ढंगले हिसाबकिताब दुरुस्त राखेर सेवा दिने सोच छ हाम्रो ।

शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था
मनहरी–१, चकरी

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै