हेटौंडामा “मिस टिन हेटौंडा सिजन–२” हुने

अनलाइन पत्र संवाददाता२०७७-०९-१६ No Comments

हेटौंडामा“मिस टिन हेटौंडा सिजन–२” हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेल गर्दै पल ईन्टरटेन्डमेन्टका अध्यक्ष धुब्र गौतमले हेटौंडामा हुन लागेको “मिस टिन हेटौंडा सिजन–२” को बारेमा जानकारी दिएको छ । ३० दिनको लागि रजिष्ट्रेसन फर्म खुला गरिएको उनले जानकारी दिए । १४ वर्ष देखि २२ वर्ष सम्मका युवतीहरु सहभागी हुन पाउने र मिस टिनको फर्म शुल्क ११ हजार रहेको छ । “मिस टिन हेटौंडा सिजन–२” को विजेताले १ लाख ५० हजार रुपँया प्राप्त गर्ने बताए । यसैगरि उनले फस्ट रनर अपले एक लाख,सेकेन्ड रनर अपले ५० हजार र भ्युअर च्वाइसले रु २५ हजार प्राप्त गर्ने बताए ।

Ad
Ad