कोरोना संक्रमणबाट नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको निधन भएको छ । गत शनिबार अस्पतालमा भर्ना भएका चौलागाईको मंगलवार साँझ निधन भएको हो । चौलागाई वागमती प्रदेशका प्रदेशसभा सदस्य र एमालेका प्रभावशाली नेता थिए । युवा संघका पूर्व अध्यक्ष चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।