मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कृषि प्राविधिकहरुको क्षमता अभिवृद्वि तालिम बुधबारबाट सुरु भएको छ । कार्यक्रमको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाले गरेका थिए । तालिम ३ दिन सञ्चालन हुने मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिएका छन् । तालिममा कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पुर्णिमा क्षेत्रीले सहजीकरण गरिरहेका छन् ।