मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्यु भएको छ । बाराको सिमरा घर भई हाल हेटौंडामा बस्दै आएकी ३१ वर्षीय सितामाया मोक्तानको मृत्यु भएको हो । पीडितका आफन्तहरुले चिकित्सकहरुको लापारवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याइएको र ९ गते शल्यकृया गरी १० गते अति सघन कक्ष (आइसियू) मा बिरामीलाई राखिएकोमा उनको गएराति मृत्यु भएको अस्पतालले जानकारी दिए । शव अस्पतालकै शवगृहमा राखिएको छ । नवजात शिशुको अवस्था सामान्य रहेको बताईएको छ ।