Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विदेशमा रहेका मनकारीहरुको सहयोगमा ज्योतिका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री

Company Register

Advertisement

मकवानपुरको मकवानपुरगढी ५ मा रहेको ज्योति प्राविका ३५ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।आज आ्ईतबार विद्यालयमा पुगेर संचारकर्मी अमर लामा , अभियान्त सञ्जय लोप्चन र भुषन घलानले वितरण गरिएको हो । संचारकर्मी लामाको पहलमा विद्यार्थीलाई स्वीटर, जुत्ता, टाउजर, शैक्षिक सामग्री तथा खेलौना वितरण गरिएको हो । कोरियाबाट जगत वाईबाको नेतृत्व र युरोपबाट जल्मा स्याङ्तानको नेतृत्वमा संकलन गरेर मनकारी नेपालीहरुले पठाएको सहयोग रकमबाट जाडो बेलामा विपन्न विद्यार्थीलाई आवश्यक न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ५ नम्बर का सदस्य शुकराम थिङ, विद्यालयका प्रधानाध्यापक करुणा विष्ट, अभियन्ता सन्जय लोप्चन, भुषण घलान, विद्यालय शिक्षक, अभिभावक लगायतको उपस्थितीमा विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । सहयोग आएको रकमले विपन्न विद्यार्थीको पीडामा थोरै भने पनि मल्हम लगाउँने प्रयत्न गरेको लामाले बताए । उनले आगामी दिनमा पनि विपन्न, आर्थिक अवस्था कमजोर भएर अध्ययनमा बाधा पुग्ने अवस्थाका विद्यार्थीलाई सकेको सहयोग गर्ने समेत बताए ।

No description available.
No description available.
No description available.

सहयोग गर्ने सहयोगी दाताहरुको नामावली

१. जगत वाईबा – मनहरी गाउँपालिका–१ मकरी हाल कोरिया
२. सारंश लामा हेटौंडा–१९ शिखरपानी हाल कोरिया
३.योगेश घिसिङ्ग – बागमती गाउँपालिका–५ मकवानपुर हाल कोरिया
४.प्रिन्स शर्मा – मनहरी गाउँपालिका , हाँडीखोला हाल कोरिया
५. सञ्जय सिंतान –जीतपुर सिमरा उ.म.न. २२ चकरी हाल कोरिया
६. जल्मा स्याङ्तान – मनहरी गाउँपालिका मकवानपुर हाल जर्मनी
७. मार्कुस बेलिन्गर –अष्ट्रिया युरोप
८. नानु गौतम – काभ्रे बकुन्डे हाल जर्मनी
९. शोभिता बस्याल – चितवन हाल जर्मनीे
१०. आङ्छेचि शेर्पा–काठमाण्डौं हाल पोर्चुगल
११.ङिमा शेर्पा – काठमाण्डौं हाल पोर्चुगल
१२. अश्मिता सापकोटा– काठमाण्डौं हाल जर्मनी
१३. रिमा खतिवडा– धादिङ्ग जिल्ला हाल जर्मनी
१४.सञ्जय लोप्चन– मकवानपुर हेटौंडा
१५. संस्कृती सापकोटा–चितवन नारायणगढ हाल जर्मनी
१६.कमला भट्राई – तेह्रथुम हाल जर्मनी
१७. चन्द्रकला खड्का – ओखलढुङ्गा हाल जर्मनीे
१८. हरी बहादुर बानियाँ –ओखलढुङ्गा हाल जर्मनीे
१९. सुदिप खड्का – चितवन हाल पोर्चुगल
२०. फ्रोनि बेलिङ्गर – अष्ट्रिया

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...