मकवानपुरमा म्यादी प्रहरीका लागि ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका छन् । आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि मकवानपुरमा १ हजार ३ सय २२ जना म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेहरुमा २ हजार ५ सय ९६ जना पुरुष र १ हजार १ सय ४१ महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएको चैत ६ गते आईतबार देखि ११ गते शुक्रबार साँझ सम्म आवेदन दिने समय रहेकोमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् । आवेदन दिएकाहरुको यहि चैत १५ गतेबाट २२ गतेसम्म छनोट प्रक्रिया हुने र चैत २८ गतेबाट प्रशिक्षण सुरु हुने छ ।