मकवानपुरगढी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गरिएसँगै आज आईतबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जारी गरेको सूचनामा मकवानपुरगढी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणाको अवसरमा आज आइतबार विदा दिएको जनाएको छ । मकवानपुरगढी गाउँपालिका नेपालकै चौँथो बालमैत्री गाउँपालिका घोषणा भएको छ । शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गरेका थिए ।