मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई नेपालकै चौँथो बालमैत्री स्थानिय गाउँपालिका घोषणा गरिएको छ । शनिबार गाउँपालिकाको वडा ५ मा रहेको शारदा माध्यमिक विद्यालयको खेल मैदानमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गरेका हुन् ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

बालमैत्री गाउँपालिका घोषणा कार्यक्रममा राष्ट्रिय कलाकार निशान भट्टराई , प्रकाश तामाङ र स्वस्तिका ढकालले सांगितिक मनोरन्जन दिएका थिए ।

May be an image of 3 people, people standing and outdoors

 

गाउँपालिका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधान सभा सदस्य प्रह्लाद लाछिाने, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, गाउँपालिका स्तरीय बालसंजालका अध्यक्ष विशाल तिमल्सिना, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे लगायत सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।