मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंम्बर – ८ मा स्कुलबाट पढेर घर फर्किने क्रममा खोलाले बगाउँदा एक १२ वर्षीय बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो राक्सिराङको देवीटार माविको कक्षा ५ मा पढ्ने १२ वर्षीया मनिता माया थिङलाई गिर्खे खोलाको भेलले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उनको शव १ किलोमिटर तल फेला परेको थियो ।