Comments Add Comment

मकवानपुर गोल्डकप : मनाङलाई स्तब्ध पार्दै पुलिस अन्तिम चारमा , आज हेटौंडा र सिमरा भिड्दै

हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाईनल प्रवेश गरेको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा स्टार खेलाडीहरुले भरिएको मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले स्तब्ध पार्दै पुलिस प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । जितको लागि पुलिसका भरत शाहले खेलको ३५ औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा मनाङले ४१ औं मिनेटमा विमल घर्ती मगरलाई बक्समा ल्याएपछि पेनाल्टी पाएको थियो । अञ्जन विष्टले प्रहार गरेको पेनाल्टी पुलिसका गोल रक्षक शत्रुधन चौधरीले रोकेका थिए । खेलको म्यान अफ द म्याच पुलिसका गोल रक्षक शत्रुधन चौधरी घोषित भए । उनले नगद दश हजार सहित शिल्ड प्राप्त गरे । खेलको पहिलो हाफ विवाद रहित भएपनि दोेस्रो हाफको अन्त्य तिर निकै विवाद श्रृजना भएको थियो । दोस्रो हाफमा पुलिसका प्रशिक्षकसहित २ खेलाडीहरुले रेफ्रि प्रति असन्तुष्टी देखाएपछि रेड कार्ड दिएका थिए । आज तेस्रो चरणको क्वाटरफाइनलमा घरेलु टोली विजय युथ क्लब र नव जनजागृति युथ क्लब सिमरा भिड्दैछन् । खेल अपरान्ह् ४ बजे सुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर