अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसको अध्यक्षमा छोइसाङ लामा

Company Register

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्षमा छोइसाङ लामा चयन भएका छन् । शनिबार भएको आठौं इकाई सम्मेलनबाट लामाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा स्वतिका नेगी मधुरंजन, सचिवमा अम्युदय खनाल, सहसचिवमा रितिना श्रेष्ठ, विजन बर्तौला र कोषाध्यक्षमा सुजन सिलवाल चयन भएका छन् ।

Advertisement

सम्मेलन अखिल क्रान्तिकारी मकवानपुर बहुमखी क्याम्पसका अध्यक्ष स्याङ्तानको सभाध्क्ष्यता तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पबिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । माओवादी केन्द्र मकवानपुरका सदस्य मिना लामाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुर जिल्ला इन्चाज दिनेश सुवेदी, अखिल क्रान्तिकारी मकवानपुर सह–संयोजक श्रावण बर्तौला, अखिल क्रान्तिकारी हेटौंडा इन्चार्ज संग्राम लामा, अखिल क्रान्तिकारी मनहरी इन्चार्ज राजेन्द्र मुक्तान, अखिल क्रान्तिकारी हेटौंडा अध्यक्ष झलक छत्कुली र अखिल क्रान्तिकारी भीमफेदीका अध्यक्ष सफल बर्तौलाको आतिथ्यता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...