Comments Add Comment

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । शनिबार साँझदेखि उनी होम आइसोलेसनमा बसेका छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर