हेटौँडामा जारी निषेधाज्ञा आजबाट हटाएको छ । सोमबार जिल्ला प्रशासन कार्यलयमा भएको बैठकले आज मंगलबारबाट निषेधाज्ञा हटाउने निर्णय गरेको थियो । मकवानपुरको चार स्थानिय तह क्षेत्रमा गत साउन २६ गतेबाट लागु भएको निषेधज्ञा आज मंगलबारबाट हटेको छ । निषेधज्ञा हटेपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनु भएको छ । यो निर्णय भदौ २५ गतेसम्म लागु हुने पनि उहाँले जानकारी दिनुभयो ।

बैंकहरुको हकमा भने विहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाउने छ । सहकारी सस्थाको हकमा बजार क्षेत्रमा रुपैँया संकलन गर्न नपाउने नियम बनाईएको छ । यो निर्णय भदौ २५ गतेसम्मको लागि लागु गरिएको छ । हेटौँडाको ओम भवनमा रहेका बैंक तथा वित्तिय सस्थाले भने रोटेसनको आधारमा आफ्नो बैंक तथा वित्तिय सस्था सञ्चालन गर्नपर्ने छ । एकै भवनमा धेरै सस्था भएको र भिड हुने भएपछि यस्तो नियम बनाईएको हो । बिहान बजार सञ्चालन भएपनि सवारीसाधनमा भने रोक लगाएको छ । मालबाहक बोक्ने लोड सवारी साधनहरु साँझ ७ बजेपछि मात्र सञ्चालन हुनेछन् भने सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाईको छ ।