प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा सत्तारुढ दल नेकपा निकट युवाहरुले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले संसद विघटन गरेकोले विरोध कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु मकवानपुरका पुर्व अध्यक्ष किशोर टन्डनले बताएका छन् । युवाहरुको प्रदर्शन मेनरोड, सिमा चोक हुदै बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो ।