मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका सबै विद्यालयहरु आज बुधबार बन्द हुने भएको छ । देशको विभिन्न भागमा चिसो बढेसँगै मकवानपुरमा पनि चिसो बढेको छ ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरपालिका अन्तरगतको शिक्षा विकास महाशाखा एक सूचना जारी गर्दै विद्यालय बन्द हुने जानकारी दिएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको दामन र सिमभञ्ज्याङ्गमा बाग्लो हिमपात परेपछि हेटौंडामा अत्याधिक चिसो बढेको छ ।

Screenshot_20211229-08262-1640746778.jpg