मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज बुधबार विद्यालय बन्द हुने भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहानगरको दामन सिमभञ्ज्याङ्गमा हिमपात भएसँगै मकवानपुरको विभिन्न क्षेत्रमा चिसो बढेको छ ।

चिसो बढेसँगै मकवानपुरगढीमा विद्यालय बन्द गर्ने निर्णय गरेको मकवानपुरगढी गाउँपालिका शिक्षा प्रमुख राम बहादुर घलानले जानकारी दिएको छ । चिसो बढेसँगैे विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै आज एकदिनका लागि पालिकाभरका निजि तथा सामुदायिक विद्यालयहरु बन्द हुने शिक्षा प्रमुख घलानले जानकारी दिए । यस अघि सुचना जारी गर्दै हेटौंडा उपमहानगरपालिकाले पनि आज बुधबार विद्यालय बन्द हुने जनाएको छ ।