मकवानपुरको हेटौँडा वडा नंबर १५ रातोमाटेमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । वीरगन्जबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको ट्रक र ना ५ ख १८६४ नम्बरको चामल बोकेको ट्रक एक आपसमा ठक्कर खाँदा ट्रकमा सबार एक पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाईते भएका ति दुईजनाको उपचारको क्रममा सन्चो अस्पताल मृत्यु भएको प्रहरीले जानकारी दिए । घटनामा १८६४ नंबरको ट्रकका चालक र सहचालक गरि तिनजना घाइते भएको र उनिहरुको हाल चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाई छ ।