Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा निषेधज्ञा जेष्ठ मसन्तसम्म लम्ब्याईयो तर केही खुकुलो

Company Register

मकवानपुरमा जारी निषेधज्ञा जेठ मसन्तसम्म लम्ब्याएको छ । बुधबार बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकले जेठ मसन्तसम्म निषेधज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । कोरोना संक्रमण अझै नियन्त्रण नभएको भन्दै निषेधाज्ञा जेष्ठ मसन्तसम्म लम्ब्याएको हो । यस पटक निषेधाज्ञालाई केही खुकुलो बनाईएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधज्ञा केहि खुकुलो बनाएसँगै पुर्णरुपमा बन्द रहेको खाद्यन्न, तरकारी तथा फलफुल पसल प्रत्येक दिन बिहान ४–९ बजेसम्म सञ्चालन हुने भएको छ । त्यस्तै बैंकहरु हप्ताको तीन दिन (आईतबार, मंगलबार र बिहिबार) बिहान १० बजेदेखि २ बजेसम्म खोल्न पाईने , रेमिट्यान्स ब्यवसाय पनि बैंक अनुसारनै तिन दिन सोहि समयमा खोल्न पाईने र खोपेगल्ली तथा हेटौँडा बसपार्कको तरकारी खुद्रा तरकारी पसल बन्द हुने , वित्तीय सस्था (सहकारी) बन्द रहने र सार्वजनिक यातायात पनि बन्द रहने निर्णय गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...