मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ३ को वडाध्यक्षमा नेकपा एमालेका भागवत घिमिरे विजयी भएका छन् । गएराती सम्पन्न वडाको मत गणनामा घिमिरेले गठबन्धनका उम्मेदवार अर्जुन प्रसाद दाहाललाई पराजित गर्दै वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएको हो । उनले वडाको कुल १९२६ मत खसेकोमा ९४३ ल्याई विजयी भएको हो ।

घिमिरेको प्यानलसहित विजयी भएको हो । गठबन्धनका उम्मेदवार दाहालले ८८६ मत प्राप्त गरे । त्यस्तै ३ नंम्बर वडाको अन्तिम मत गणनाको नतिजा आईसक्दा गाउँपालिका अध्यक्षमा गठबन्धन उम्मेदवारले ७५७ र एमालेका उम्मेदवारले १०३४ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ७०८ र एमालेका उम्मेदवारले १०१९ मत ल्याए ।