पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार कमानसिं पाख्रिन वडा अध्यक्षमा विजयी भएका छन् । सोमबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेका पञ्चलाल भोलनलाई पछि पार्दै पाख्रिन विजयी भएका हुन् । विजयी भएका पाख्रिनले ४ सय १७ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी भोलनले ४ सय १० मत ल्याए । यस्तै नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सरोज सिं योञ्जनले १ सय ५४ मत ल्याए । गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धन गरेको भएपनि वडामा भने माओवादी र नेपाली कांग्रेसले मित्रवत प्रतिष्पर्धा गरेका थिए ।