मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली)ले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेकी छिन् । उपाध्यक्ष पाख्रिनले बुधबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री सहयोग गरेकी हुन् ।

मकवानपुरगढी गाउँपालिकाको विभिन्न विद्यालयहरुमा अध्ययन गर्ने र आमा बुबा दुबै नभएका २४ जना विद्यार्थीलाई एकवर्ष पुग्ने शैक्षिक सामाग्री सहयोग गरेकी हुन् । गाउँपालिकामा रहेको भानु मावि, शारदा मावि, बंशगोपाल मावि, जालपा मावि र चण्डिका माविमा अध्ययन गर्ने टुहुरा विद्यार्थीलाई आफ्नो जन्मोत्सवको अवसरमा शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताईन् । आगामी दिनहरुमा पनि अन्य विद्यालयहरुमा विद्यार्थीहरुको लागि आवश्यक सहयोग गर्ने समेत उनले बताईन् ।