
हेटौडा- चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आईतबार धुर्मुश सन्तुली फाउन्डेशनद्धारा निर्माणाधिन रंगशाला पुग्नु भएका मेयर हरिबहादुर महत रंगशाला निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले सबैलाई रंगशाला निर्माणमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो । चितवनको भरतपुरमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण भईरहेको छ । मल्टी प्रपोजको रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिंगलगायतको खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ ।
स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाएर निर्माण भईरहेको रंगशालाको कुल तीन अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




