यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडाका बन्द रहेका विद्यालयहरु विहिबारबाट खुल्ने


हेटौंडा उपमहानगरपालिका क्षेत्रका बन्द रहेका सबै विद्यालयहरु बिहिबारदेखी खुल्ने भएको छ । कोरोना भाइरसको संक्रमणले विगत ८ महिना देखि विद्यालयहरु बन्द रहेका छन् । मंगलबार हेटौंडामा बसेको नगर शिक्षा समितिको बैठकले बिहिबारबाट विद्यालय खोल्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनु भएको छ । हेटौंडाका सावकिका वडाहरुका केही विद्यालयहरुले भने यसअघिनै पढाइ सञ्चालन गरेका थिए ।

Advertisement
नेपाल सरकारले तयार पारेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय खोल्ने निर्णय गरिएको हो । गएको चैत ११ गते देखिबाट कोरोनाको त्रासका कारण बन्द रहेका हेटौंडाका सामुदायिक तथा निजी विद्यालयहरु सरकारले तोकिए अनुसारको स्वास्थ्य सावधानीको मापदण्ड पुर्ण रुपमा पालना गरेर बिद्यालय खोल्न लागिएको मेयर महतले बताउनुभयो । स्वाथ्य सम्वन्धी मापदण्ड पालना भए नभएको नगर शिक्षा समिति र वडा शिक्षा समितिले अनुगमन गरिने समेत भएको छ । बिद्यार्थीको सख्याका आधारमा स्वाथ्य मापदण्ड पालना हुनेगरी विद्यालय सञ्चालन गर्नुपर्ने मेयर महतले वताउनुभयो ।