मकवानपुरको मकवानपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको आशंकामा एक जना पक्राउ गरेको छ । मकवानपुगढी गाउँपालिका वडा नम्बर २ खोलेखेत ४६ वर्षका देवराज गोलेले आफ्नै श्रीमती ४६ वर्षीया श्रीमाया गोलेको हत्या गरेको आशंका रहेको स्थानियले बताएका छन् । हत्याको आशंकामा श्रीमान देवराज गाले सोमबार बिहान ४ बजेतिर पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।