2025-12-07 10:24 am

हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाईयो

हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस -२०७९ मनाइएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा आज बिहान “सुर्ती जन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ “भन्ने नाराका साथ दिवस मनाईएको हो । हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजारपरिक्रमा गरी पुनः बुद्धचोक पुगेर सडक नाटक प्रदर्शन गरि दिवस मनाईएका छन् ।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रहका साथ बालबालिकालाई खरिद गर्न पठाउने कार्यबन्द गर्न अनुरोध गरेका छन् । बालबालिकालाई प्रयोग गरिएको पाइएमा कारवाही गरिने र विक्री वितरणमा समेत बन्द गरिने लामाले बताए । प्रभातफेरी कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर, स्वास्थ्य कार्यालय, स्वास्थ्य शिक्षण संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad