विप्लव नेतृत्वको नेकपा सहित ४ दलले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामान्य रुपमा देखिएको छ । बन्दको पुर्ण प्रभाव भने शैक्षिक संस्था र कलकारखाना परेको छ ।

सडकमा बन्दकर्ता नदेखिए पनि हेटौंडाका विद्यालय तथा कलकारखानाहरु बन्द रहेको छ । हेटौंडा हुँदै चल्ने लामो दुरीका सवारी साधनहरु समेत चलेको छैन भने दुई पाङ्ग्रे सवारी साधन निर्बाद रुपमा चलिरहेको छ । बन्दका कारण हेटौंडा बजार सुनसान रहेको छ । हेटौंडा बजारको चोक चोकमा सुरक्षाकर्मी खटाईएको छ । बन्दको पूर्वसन्ध्यामा हिजो हेटौंडामा मशाल जुलुस प्रर्दशन गरिएको थियो।

May be an image of road