2025-12-05 9:24 pm

हृदयघातका कारण चर्चित भारतीय गायक के.के को निधन

बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नाथको हृदयघातका कारण निधन भएको छ । कृष्णकुमार कुन्नाथ के.के नामले प्रख्यात रहेका छन् । गत मंगलबार कोलकत्ताको विवेकानन्द कलेजमा आफ्नो कन्सर्टपश्चात उनलाई हृदयघात भई तुरुन्तै सि.एम.आर.आई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

५३ वर्षका के.केले २०० भन्दा वढि गित गाइसकेका छन् । उनका जरा सा दिल मे दे जगाह, जिन्दगी दो पल कि, बिते लम्हे, दिल इबादत लगायतका चर्चित गीतहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad