हृदयघातका कारण चर्चित भारतीय गायक के.के को निधन

अनलाइन पत्र संवाददाता२०७९ जेष्ठ १८ No Comments

बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नाथको हृदयघातका कारण निधन भएको छ । कृष्णकुमार कुन्नाथ के.के नामले प्रख्यात रहेका छन् । गत मंगलबार कोलकत्ताको विवेकानन्द कलेजमा आफ्नो कन्सर्टपश्चात उनलाई हृदयघात भई तुरुन्तै सि.एम.आर.आई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

५३ वर्षका के.केले २०० भन्दा वढि गित गाइसकेका छन् । उनका जरा सा दिल मे दे जगाह, जिन्दगी दो पल कि, बिते लम्हे, दिल इबादत लगायतका चर्चित गीतहरु रहेका छन् ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad