विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। बुधबार बिहान प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष पदबाट राजीनामा दिएको मिश्रले जनाएका छन्। स्थानीय तहको चुनावमा निरासाजनक परिणाम आएको जनाउँदै उनले राजीनामा दिएका हुन्। मिश्रले भनेका छन्, ‘गत पाँच वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’