यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

कांग्रेस मकवानपुरद्वारा मृतक परिवारलाई ५० हजार सहयोग


नेपाली कांग्रेस मकवानपुरले मृतकका परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको छ । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्बर ८ का उम्मेदवार दिपेश विश्वकर्माको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा विश्वकर्माको परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको हो । विश्वकर्माको बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्धेश्यले पार्टीको तर्फबाट जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

Advertisement
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं वडा इकाई सभापति समुन्द्रमान घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति बानियाँ, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य भीमबहादुर बोम्जन, क्षेत्रीय सभापति सुजन गोपाली, हेटौंडा नगरसभापति आनन्दराम पराजुली, नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोतम ठकुरी लगायतले विश्वकर्माले नेपाली कांग्रेसको संगठन विस्तार र त्यस क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।