Comments Add Comment

मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाईने

मकवानपुरमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाईने भएको छ । नेपालीहरुको दोश्रो ठुलो चाडको रुपमा रहेको तिहारमा महत्वपूर्ण मानिने गरिएको देउसी भैलोलाई प्रशासनले चुनावको समय भएको भन्दै राती ९ बजेपछि खेल्नको लागि रोक लगाएको हो । प्रशासन कार्यालयले आइतबार सूचना निकालेर तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक एवम मनोरञ्जनात्मक क्रियाकलाप रातको ९ बजेसम्म मात्र गर्न भनेको हो ।

त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र विक्रि वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलद्वारा जारी सूचनामा तिहार तथा छठ लगायतका पर्व मनाउने क्रममा खेलिने देउसी भैलो र अन्य सांस्कृतिक कार्यक्रम रातको ९ बजेसम्म मात्र गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर