दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय काम गर्दै आएको मकवानपुरका पत्रकार गोविन्द न्यौपाने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् । शनिबार राष्ट्रिय ख्रिष्टियन महासंघको आयोजनामा भएको कार्यक्रमका बिच पत्रकार न्यौपानेलाई राष्ट्रपतिले सम्मान गरेको हो ।