हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ज्ञानोदय वाल वाटिका एकेडेमीले विद्यार्थीलाई अभिप्रेरणात्तमक कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका संचालक गिरी बहादुर सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि लामा सहित हेटौंडा उपमहिनगरपालिका शिक्षा समन्वय प्रमुख गंगाधर रिमाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ का वडासदस्य महेश्वरमान श्रेष्ठ, विद्यालयका पिटिए सदस्य जिपकला गिरी,पत्रकार तथा विद्यालयका पुर्व विद्यार्थी सुनिल शिवाकोटी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।मोटिभेसन कार्यक्रममा रवि किरणले विद्यार्थीलाई तनावबाट कसरी टाढा रहने,कुलतबाट कसरी छुटकारा लिने र पढाइप्रति कसरी ध्यान केन्द्रित गर्ने भन्ने बिषयमा सहजिकरण गरेका थिए। वदलिदो परिस्थितिमा विद्यार्थीलाई अभिप्रेरणा प्रदान उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक सुदिप बर्तौलाले जानकारी दिएका छन।