सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । आज बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेको अवस्थामा भेटिएको प्रहरीले बताएका छन् ।