मकवानपुर तथा देशभर कोरोना भाईरस संक्रमितहरु बढिरहेको अवस्थामा हेटौंडा– ४ स्थित श्रमिक माध्यामिक विद्यायलयमा रहेकोे आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल प्रदान गरीएको छ । शुक्रबार विहान आर्इसोलेसन वार्डका ईन्चार्ज भोला प्रसाद चौलागाईलाई फलफुल हस्तान्तरण गरीएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगरका सभापति सुनिल गिरीको पहलमा युवा समाजसेवी योग्यराज सापकोटाले ५० जना कोरोना संक्रमितलाई काचोँ नरिवल, स्याउ, अनार लगायतका फलफुल प्रदान गरेका हुन्, ।

रोगप्रतिरोध क्षमता वृद्धि होस भन्ने हिसाबले आफुले संक्रमितलाई फलफुल सहयोग गरेको सापकोटाले बताए । व्यवस्थापनमा र खानेकुरामा समस्या रहेको खबर सञ्चारमाध्यममा आएपछि मानवताको नाताले केहि गर्न नसकेता पनि आफ्नो पहलमा प्रतिरोध क्षमता बढ्नको लागि फलफुल सहयोग गर्ने योजना बनाएको तरुण नेता गिरीले बताए । फलफुल वितरणमा ईन्चार्ज भोला प्रसाद चौलागाई, मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का केन्द्रिय सचिवालय सदस्य उत्सव चौलागाई, तरुण नेता सुनिल गिरी, युवा समाजसेवी योग्यराज सापकोटा लगायतको उपस्थिती रहेको थियो ।