च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले बार्सीलोनामाथी सानदार जित निकालिएको छ । शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लव बार्सिलोनालाई ८–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थोमस मुलर र फिलिप कौटिन्होले समान दुईरदुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । अरू चार गोलमा जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले गरे । मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्कियो । २८औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ को अग्रता दिलाए । सर्ज ग्रन्बीले २८औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेलमा बायर्नलाई ३(१ को अग्रता दिलाए ।

दोस्रो हाफमा बायर्नले बार्सिलोनालाई थप दबाबमा राख्यो । ५७औँ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे। त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो । जोसुआ किम्मिचले ६३औँ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाए । रोबर्ट लेवान्डोस्कीले ८२औँ मिनेटमा थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पूरा गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्वखेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे । ८५औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को शानदार जित दिलाए । बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।