आज तामाङ्ग समुदायको २८५७ औँ जीवा(नम्युङ ल्हो ) मुसा वर्ग सोनाम ल्होछार विभिन्न कार्यक्रम गर्दै मनाइँदै छन् । त्यसैक्रममा आज वाग्मती प्रदेशको राजधानी हेटौंडामा सोनाम ल्होछार विशेष सास्कृतिक कार्यक्रम हुदैछ । आज हुने सोनाम ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ । तामाङ समुदायको सास्कृतिक पर्ब २८५७ औ लाङरम्हे ल्हो ९गाई बर्ग० सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघको आयोजनामा आज हेटौंडाको टिसिएन चौरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम हुदैछ । सास्कृतिक कार्यक्रममा कलाकार संघकै कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक एबम संघका अध्यक्ष धिरेन लामाले बताए ।

पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा हुने ल्होछार सास्कृतिक कार्यक्रममा तामाङ भेषभुषाको प्रदर्शनी, मौलिक खानाका परिकारको स्टल, झाक्री, लामाको नाच, चलचित्र र गायन क्षेत्रको मकवानपुरे अग्रज तामाङ कलाकारको सम्मान, मिस तामाङ मकवानपुर २०७६ को बिजेता, मिस कलिउडको बिजेतालाई सम्मान गरिने संघका महासचिब रबिन्द्र थिङले बताए । संघका कलाकारहरुको सांगीतिक प्रस्तुति संगै फ्युजन डान्स हाउस, भुटनदेबी युवा क्लब, आस्था कला केन्द्र मनहरीको नृत्य हुने महासचिब थिङले बताए । तामाङ भेषभुषा, लामा झाक्रीको झाकी, ब्यानर सहित बिहान १० बजे हेटौडाको बुद्धचोकमा जम्मा भै कार्यक्रम स्थल सम्म र्याली हुने भएको छ । विगतका वर्षमा गुम्बा, घेदुङ, तामाङ गुठी, लगायतले संयुक्त रुपमा ल्होछार महोत्सब गर्दै आएको थियो भने यसबर्ष भने मकवानपुर तामाङ कलाकार सघको आयोजनामा हुने भएको हो ।