Comments Add Comment

एमालेका वडा अध्यक्ष कांग्रेस प्रवेश

नेकपा एमाले राक्सिराङ गाउँपालिका वडा नम्वर–७ का अध्यक्ष एवम् २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राक्सिराङ–६ सिलिङ्गेमा आज कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा ९ख० का उम्मेदवार इन्द्रबहादुर बानियाँले चेपाङलाई पार्टीमा स्वागत गरेका हुन् ।

उक्त कार्यक्रममा चेपाङले कांग्रेस लोकतान्त्रिक विचार अवलम्वन गर्दै आम नेपाली जनताको हितमा काम गर्ने पार्टी भएकोले आफूू कांग्रेसमा प्रवेश गरेको बताए । कम्युनिष्टहरुले बाहिर एउटा भित्रै अर्कै व्यवहार गर्ने, जनताको मुद्धालाई उपेक्षा गर्ने कार्य भइरहेको उनको भनाइ छ । राक्सिराङ ६ र ७ को निर्वाचन प्रचारप्रसार समितिका संयोजक रावनलाल चेपाङको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर