मकवानपुरमा उत्कृष्ट पदीय जिम्मेवारी निभाउने ३७ प्रहरी सम्मानित

अनलाइन पत्र संवाददाता२०७६-११-२८ No Comments

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उत्कृष्ट पदीय जिम्मेवारी निभाउने ३७ जना प्रहरीलाई सम्मान गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा अपराध, लागूऔषध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीन प्रहरी निरीक्षकसहित ३७ प्रहरीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक ललनप्रसाद कुर्मी, वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ रहेका छन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक भरतबहादुर दुरा, सुन्दरकुमार कार्की, मनोजकुमार यादव, ओमभक्त कार्की, विमल गिरी र नरसिंह बहादुर देवकोटा सम्मानित भएका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीका सई राजेशकुमार यादव, अपराध अनुसन्धान महाशाखाका सई जनककुमार गिरी पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा तीनजना प्रहरी सहायक निरीक्षकसहित आठ जना प्रहरी हवल्दार र १७ जना प्रहरी जवान गरी ३७ रहेका छन् ।

Ad
Ad