Comments Add Comment

मकवानपुरमा बिहीबार एकैदिन यति धेरै संक्रमण पुष्टि (विवरण सहित)

मकवानपुर जिल्लामा बिहीबार एकै दिन ५२ जनालाई कोरोना भाईरस पुष्टि भएको छ । बिहीबार थपिएको संक्रिमित मध्य सबै भन्दा धेरै हेटौंडाको रहेका छन् । बिहीबार विहाना मात्र ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने साँझ १५ जना संक्रमित थपीएका छन् । बिहीबार बिहान र साँझ प्राप्त रिपोर्ट अनुसार मकवानपुरमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

बिहीबार साँझ संक्रमित हुनेहरु हेटौंडा २ का २३ वर्षिय महिला, २३ वर्षिय पुरुष, हेटौंडा १० का ४७ वर्षिय पुरुष, हेटौंडा ४ का ४० वर्षिय पुरुष, ३५ वर्षिय महिला, हेटौंडा ६ का ५० र ६८ वर्षिका महिला र ६८ वर्षका पुरुष , हेटौंडा ९ का ३४ वर्षिय पुरुष, हेटौंडा ७ का ३७ र ५६ वर्षिय पुरुष, हेटौंडा ८ का २३ वर्षिय महिला, मकवानपुर गढी ३ का २३ वर्षका पुरुष र ५१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी सप्तरी जिल्ला घरभइ हाल हेटौंडामा कार्यरत एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निरिक्षक चौलागाईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर