नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा मोटर साईकल र्‍याली भएको छ । चितवनमा मंसिर १० देखि १२ सम्म हुने महाधिवेशनको प्रचार प्रसारको लागि हेटौंडामा मोटरसाईक र्‍याली गरेको हो ।

र्‍यालीमा करिब एक हजार मोटरसाईकल र साना गाडीहरुको सहभागी थियो । हेटौंडा–४ हुप्राचौरबाट सुरु भएको र्‍याली हेटौंडा औद्योगिक क्षेत्र,गौरिटार,हात्तीलेट,चौघोडा हुँदै सानोपोखरा,कान्तिराजपथ,संगमचोक मानसचोक,चौकीटोल बुद्धचोक,राप्तीरोड,ठूलो बसपार्क,वाईपास रोड हुँदै सिमाचोकमा आईपुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमालेका केन्द्रीय सदस्य डोरमणी पौडेल,एमाले जिल्ला अध्यक्ष बद्री लम्साल,सचिव एकलाल श्रेष्ठ लगाएत एमाले प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरु सहित भातृ संगठनका जिल्ला प्रमुखहरुसहितको सहभागिता रहेको थियो ।