उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने भन्नेमा आज निर्णय गर्ने भएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु क्रमशः जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् ।

सरकारले लगातार निषेधाज्ञा मात्रै बढाएकोमा जनस्तरबाटै त्यसको विरोध हुन थालेको छ । निषेधाज्ञाप्रति व्यक्त भइरहेको असन्तुष्टिबारे आफूहरु जानकार रहेको एक प्रजिअले बताए । तीनवटै जिल्लाका प्रजिअहरुले मंगलबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा गरेका छन् ।