Comments Add Comment

हेटौंडा लेडीले सप्ताहव्यापी कार्यक्रमहरु गर्ने

जेसीआई हेटौंडा लेडीले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले मंसिर ८ गतेबाट मंसिर १४ गतेसम्म गरिने सप्ताहव्यापी कार्यक्रमहरु बारे जानकारी दिईन् । उनले कार्यक्रमको पहिलो दिन मंसिर ८ गते बिहान ७ बजे लेडी जेसीज र महिला पत्रकार फुटसल प्रतियोगिता हुने बताईन् ।

त्यस्तै स्व बासु प्रसाद पौडेल स्मृतिमा मनहरी १ चकरीमा रहेको प्राविका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने , हेटौंडा–९ पाञ्चायन मन्दिरमा हुने घरेलु सेनिटरी प्याड बनाउने तालिम दिन लागिएको अध्यक्ष श्रेष्ठले बताईन् । यसैगरि, दोस्रो दिन मंसिर ९ गते हेटौंडा–१ चौकिटोलमा स्वागत बोर्ड स्थापना गर्ने , हेटौंडा–४ मा महिला उद्यमशिलता सम्बन्धि तालिम गर्ने र विद्यालय स्तरीय वक्तृत्वकला आयोजना गरिने भएको छ ।

यसैगरि कार्यक्रमको तेस्रो दिन मंसिर १० गते दिव्य सेवा निकेतनमा खाद्यन्न वितरण , चौथो दिन क्लब हेटौंडामा संसीय बैठक प्रणाली तालिम र हेटौंडा १ बाजो डाँडामा जेसीज गाउँ घोषणा तथा शैक्षिक सामाग्री वितरण गरिने , पाँचौ दिन मंसिर १२ गते हेटौंडा ४ हुप्राचौर गेट अगाडी महिला स्लो स्कुटि प्रतियेगिता,हेटौंडा–४ कमल डाँडामा महिला मयुरी अटो चालकलाई ट्राफिक नियम सचेतना एवं सेफ्टी ज्याकेट वितरण र उद्यमशिलता तालिम रहेको छ ।

कार्यक्रमको छैठौ दिन मंसिर १३ गते हेटौंडा–८ कमाने स्थित चन्द्रोदय माविमा महिला आत्मसुरक्षा तालिम,हेटौंडा–९ सिआन पुनः स्थापना केन्द्रमा लागू औषध न्युनिकरण सचेतना तथा हट वाटर डिष्पेसर वितरण , अन्तिम दिन मंसिर १४ गते हेटौंडा–४ स्थित क्लब हेटौंडामा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरणको कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर