हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको तासिर इंग्लिस बोर्डिङ स्कुलमा बिद्यार्थीहरु बिच भएको निर्वाचनमा प्रतिक गौतम र डाफिन राईका विजयी भएका छन् । स्कुमा मंगलबार सम्पन्न निर्वाचनमा हेड ब्वाई र हेड गर्लमा लोकप्रिय मत सहित कक्षा ८ का प्रतिक गौतम र कक्षा ९ की डाफिन राईका विजयी भएका हुन् ।

४ जना विद्यार्थीहरु बिच भएको निर्वाचनमा गौतम र राईका विजयी भएको छन् भने १७ जना विद्यार्थीहरु बिच भएको हाउस क्याप्टेन र सह क्याप्टेनको निर्वाचनमा सुयोग अर्याल , क्षितिज गौतम , आरुष सापकोटा , सुहान खतिवडा र सह क्याप्टेनमा पुस्पा काफ्ले , सृष्टि पाठक र आर्क थपलिया विजयी भएका छन् । प्रयोगात्मक तरिकाबाट कक्षा ४ देखि कक्षा १० सम्मका ५ सय ४ जनाले मतदान गरेका थिए ।

सकरात्मक प्रतिस्पर्धाको भावना वृद्धि र लोकतान्त्रिक निर्वाचन प्रणालीको महत्वबारे जानकारी गराउने उद्धेश्यले निर्वाचन कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक विनोद थपलियाले बताउनु भएको छ । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजन थापा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठे ब. कार्की , नवराज खतिवडा , शिक्षक शिक्षिका तथा अभिभावकहरु लगायतकाको उपस्थिति रहेको थियो ।