नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ को मंगलबार विहान सम्पन्न मतगणना अनुसार खुल्ला पुरुष तर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बानियाँले ६७६ मत प्राप्त गरेका छन् । यसैगरी खुल्ला पुरुष तर्फ बाटै आनन्दराम पराजुली (६११), अमृतकुमार लामा (५७७), बिष्णु कुमार लामिछाने (४९३), दिनेश उपाध्याय (४८६), रघु रमण न्यौपाने (४८४), प्रभात कुमार दाहाल (४५५), माइक रामचन्द्र अर्याल (४५५), राम बाबू बानियाँ (४४१) र तारा चन्द बजगाई (४०५) विजयी भएका छन् ।

यस्तै प्रत्यक्ष जनजाती पुरुष तर्फ भएको मतदानबाट चम्पुरत्न लामा (४९६), अशोक राज शाक्य (४५६) शुभात थिङ ४७० विजयी विजयी भएका छन् । यसैगरी क्षेत्रिय समतिको सचिवमा दोर्जे लामा स्याङतान ५५४० र कविन संगामी (४९९) विजयी भएका छन् । यसअघि सोमबार क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका थिए । सभापतिका लागी उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल संघीय सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध भएका छन् । यसैगरी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् भने खस आर्य महिलातर्फ राधा कोइराला, जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा तथा दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध निर्वाचित चयन भएका छन् ।