Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा जारी निषेधाज्ञा जेष्ठ १३ सम्म लम्ब्याउने तयारी

Company Register

मकवानपुरमा जारी निषेधाज्ञालाई लम्ब्याउने भएको छ । बैशाख २० गते बिहान ६ बजेदेखि बैशाख मसन्तसम्म निषेधाज्ञा जारी भएकोमा बढ्दो कोरोना संक्रमितले जेठ १३ गतेसम्म निषेधाज्ञालाई लम्ब्याउने भएको हो । बुधबार हेटौंडामा बसेको बैठकले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र ९डिसिसीएमसी०ले १३ गते सम्म लम्बाउन छलफल गरी प्रस्ताव गरेको छ ।

Advertisement

प्रत्येक दिन मकवानपुरमा १५० को हाराहारीमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले थप कडाईका साथ निषेधाज्ञा लागु गरिने भएको हो । हेटौंडाबजार भित्र प्रवेश गरिने चारैवटा नाकामा थप कडाई गरिनुका साथै हेटौंडा ४ खोपेगल्ली लगायतका तरकारी पसल पूर्णरुपमा बन्द गरिने, संक्रमितहरुको निगरानी बढाउने जस्ता विषयमा छलफल गरिएको प्रशासनले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...